ad ad

राजनीति


भीम रावलको वक्तव्य : मनपरी निर्णय गर्ने ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्छ

भीम रावलको वक्तव्य : मनपरी निर्णय गर्ने ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्छ

नेपालखबर
चैत ७, २०७७ शनिबार १६:१३,

नेकपा (एमाले) का नेता भीम रावलले पार्टीमा आफूहरूले होइन, अध्यक्ष केपी शर्मा ओलीले चाहिँ स्पष्टीकरण दिनुपर्ने दाबी गरेका छन्।

शनिबार एमालेको कन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष ओलीले रावलसहित माधवकुमार नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको नीतिविपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण माग्ने निर्णय गरेका छन्।

यसै सन्दर्भमा शनिबार राति नेता रावलले आफ्नो वक्तव्य जारी गरेका हुन्।

‘केपी शर्मा ओलीजीले अवैध कमिटीको कथित बैठकबाट मसमेत नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ,’ नेता रावलले भनेका छन्, ‘त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु।’

बरु संविधानविपरीत संसद् विघटनको कदम चाल्ने, पार्टीको विधानविपरीत जथाभावी निर्णय गर्ने ओलीले चाहिँ जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने तर्क उनले गरेका छन्।

‘एमालेको विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टी पंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ उनले भनेका छन्। 

हेर्नुहोस्, रावलको वक्तव्यको पूर्ण पाठ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .