निजी क्षेत्रका व्यापारी/व्यवसायी राजनीतिक दलमा प्रवेश गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आक्रोशित भएका छन्।
किशोर प्रधान हितेश गोल्छासम्म एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले टिप्पणी गरेका हुन्।
यसरी निजी क्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तँछाडमछाड गर्नुको अर्थ देशमा क्यान्सरका रूपमा रहेको क्यापिटालिज्म (पुँजीवाद) लाई अझ क्रोनिक (जीर्ण) बनाउनु भएको उनको तर्क छ।
‘निजी क्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तँछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो,’ डा. भट्टराईले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘निजी क्षेत्रले त लगानीमैत्री वातावरण, विधिको शासन, रोजगारी/निर्यात प्रवद्र्धन आदि पो खोज्ने हो ! सबै उही ड्याङ्का मुला !’
प्रतिक्रिया