ad ad

राजनीति


बर्दिबासमा स्वनामको श्रद्धाञ्जली सभा

बर्दिबासमा स्वनामको श्रद्धाञ्जली सभा

नेपालखबर
चैत ७, २०७७ शनिबार १५:२४,

महोत्तरीको बर्दिबासमा रहेको आधारशीलाले वरिष्ठ बामपन्थी नेता स्व.स्वनाम साथीको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

बर्दिबास ३ स्थित आधारशीला प्रांगणमा आयोजित सभालाई संवोधन गर्दै वक्ताहरुले स्वनामले नेपालको कम्युनिष्ट आन्दोलनसँगै राष्ट्रियताको पक्षमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

तत्कालिन नेकपाका केन्द्रीय सल्लाहकार स्वनामको गएको पुस १० गते ७० वर्षको उमेरमा निधन भएको थियो।

सभामा नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिविद् घनश्याम शर्मा पौड्याल, नेपाल सरकारका पूर्व सचिव तथा सीमा बचाउ अभियानका अभियन्ता द्वारिकानाथ ढुंगेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा.सुरेश ढुंगेल, योगविज्ञद्वय डा.क्षितिज बाराकोटी र डा.मीना बाराकोटी, प्राडा गिरीराज त्रिपाठी, जल विज्ञान विज्ञ तथा सीमा बचाउ अभियानका अभियन्ताहरु जगत भुसाल, कोमलचन्द्र बराल, माक्र्सीय गुरुकुलका सदस्य किशोर दाहाल, राष्ट्रिय योग प्रोटोकल कार्यदलका सदस्य स्वामी अर्हत, ध्यान योग साधना आरोग्य नेपालका सदस्य वासुदेव त्रिपाठी ‘अखण्ड’, महिला नेतृ तथा माक्र्सीय गुरुकुलकी सदस्य सीता पोखरेल, जैविक कृषि उपभोक्ता महासंघका उपाध्यक्ष रोमलाल गिरी, कवि तथा पत्रकार राजु स्याङ्तान, वामपन्थी नेता विदुर खरेल लगायतले स्वनामको व्यक्तित्वका विषयमा प्रकाश पारेका थिए।

कार्यक्रम आधारशीलाका अध्यक्ष दीपवहादुर योञ्जनको अध्यक्षता र अनिष कोइरालाको सञ्चालनमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .