भारतकै ठूला उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थले भरिएको स्कार्पियो गाडी राखिएको प्रकरणमा नयाँ–नयाँ रहस्य खुलिरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोही काण्डमा केही दिनअघि मात्र मुम्बई प्रहरीको आयुक्त पदबाट हटाइएका परमवीर सिंहले महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखलाई गम्भीर आरोप लगाएका हुन्।
शनिबार मृख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेख्दै सिंहले गृहमन्त्री देशमुखले अम्बानी प्रकरणमा पक्राउ परेका निलम्बित सहायक प्रहरी निरीक्षक सचिन वाजेलाई हरेक महिना सय करोड रुपैयाँ संकलन गर्न भनेको आरोप लगाएका हुन्।
परमवीर सिंहले गृहमन्त्री देशमुखविरुद्ध यस्तो संगीन आरोप लगाएपछि महाराष्ट्रको राजनीति तात्तिएको छ। गृहमन्त्री देशमुखको कुर्सी नै हल्लिएको छ।
महाराष्ट्रका गृहमन्त्री देशमुखले भने पूर्वप्रहरी आयुक्त परमवीर सिंहले आफ्नो बचाऊका लागि आफूविरुद्ध झुटो आरोप लगाएको दाबी गरेका छन्।
ट्विट गर्दै उनले भनेका छन्, ‘अम्बानीको घरबाहिर विस्फोट पदार्थ राखेको र मनसुख हिरेन हत्यामा सिंहको संलग्नता पुष्टि हुँदै गएको छ।’
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) March 20, 2021The former Commissioner of Police, Parambir Singh has made false allegations in order to save himself as the involvement of Sachin Waze in Mukesh Ambani & Mansukh Hiren’s case is becoming clearer from the investigation carried out so far & threads are leading to Mr. Singh as well
यो पनि : रहस्यमय बन्दै अम्बानी प्रकरण, हिरेन मृत भेटिएकै ठाउँमा अर्को शव
प्रतिक्रिया