ad ad

राजनीति


कस्मिर घटना लगत्तै भारत–पाकिस्तानका विदेशमन्त्री पालैपालो बेइजिङ

कस्मिर घटना लगत्तै भारत–पाकिस्तानका विदेशमन्त्री पालैपालो बेइजिङ

नेपालखबर
साउन २६, २०७६ आइतबार १६:१,

पाकिस्तानी विदेशमन्त्री शाह महोम्मद कुरेसी अगस्त ९ मा बेइजिङ पुगे। उनले त्यही दिन चिनियाँ विदेशमन्त्री वाङ वीसँग भेटवार्ता गरे।

इस्लामावाद फर्किनु अघि उनले ट्विट गर्दै भनेका छन्, ‘चिनियाँ समकक्षीसँग बृहत् बैठक सम्पन्न भयो। विदेशमन्त्री वान कस्मिरलाई जोखिम पारेर तथा आवाजविहीन बनाएर पुरै क्षेत्रजाई खतरामा पार्र्ने काम भारतको आक्रमण नीति अपनाएको स्वीकार्नु भयो।’

भ्रमण पूरा गरी इस्लामावाद फर्किएको दोस्रो दिन भारतीय विदेशमन्त्री एस जयशंकर बेइजिङ पुग्दैछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असोज महिनामा हुने दोस्रो अनौपचारिक शिखर सम्मेलनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। उनको सोमबार चिनियाँ समकक्षी वान यीसँग द्वीपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। जयशंकर भारतका विदेशमन्त्री भएपछिको पहिलो चीन भ्रमण हो।

भ्रमणको क्रममा भारतीय विदेश मन्त्रालयले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणको बारेमा छलफल हुने जनाएको छ। त्यसैगरी संस्कृति तथा जनता जनताबीचको आदान प्रदानसम्बन्धी भारत–चीन उच्च स्तरीय संयन्त्रको बैठकको जयशंकरले चिनियाँ विदेशमन्त्रीसँग सह अध्यक्षता गर्ने छन्।

सन् २०१८ अप्रिलमा चीनका वुहानमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भएको पहिलो अनौपचारिक शिखर सम्मेलनमा यस्तो संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको थियो। गत वर्षको डिसेम्बर महिनामा संयन्त्रको उद्घाटना गरिएको थियो।

भारतले जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष राज्यको दर्ता खारेज गरेपछि भएको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणलाई चासोका साथ हेरिएको छ। यद्यपी भारतीय विदेश सचिव जयशंकरको भ्रमण भने पूर्वनिर्धारित हुन्। पाकिस्तानी विदेशमन्त्रीको भ्रमण भने विशेष तथा आपत्कालीन भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतले एकपक्षीय रुपमा गरेको निर्णयले पुरै क्षेत्रमा शान्तिमा असर पार्ने चीनको धारणा छ। कस्मिरबाट विभाजन गरेर निर्माण गरिएको लद्दाखमा आफ्नो भूभाग समेत राखिएको भन्दै आपत्ति जनाएको छ। लद्दाख क्षेत्रमा भारत र चीनबीच सीमा विवाद रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .