ad ad

राजनीति


माओवादी केन्द्र र जसपाबीचको छलफल सकियो

माओवादी केन्द्र र जसपाबीचको छलफल सकियो

नेपालखबर
फागुन २९, २०७७ शनिबार ६:३२,

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच भएको छलफल सकिएको छ।

शनिबार बिहान माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठक केहीबेर अगाडि सकिएको हो।

दुई पार्टीबीच नयाँ सत्ता समीकरणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छलफलमा सहभागी एक नेताले बताए।

एक नेताका अनुासर छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा, देव गुरुङ छन्।

जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .