ad ad

राजनीति


नेपाली कांग्रेसका पुराना नेता तमर राईको निधन

नेपाली कांग्रेसका पुराना नेता तमर राईको निधन

नेपालखबर
फागुन २९, २०७७ शनिबार ६:२७,

नेपाली कांग्रेसका पुराना नेता तमर राईको निधन भएको छ।

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यसमेत रहेका नेता राईको शुक्रबार राति झापाको मेचीनगर, काकडभिट्टास्थित आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

नेता राई २०७४ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका थिए।

राईले नेपालको लोकतान्क्रिक आन्दोलनहरुमा सत्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट सिंगो नेपाली कांग्रेसले एक निष्ठावान अग्रज व्यक्तित्वसंगै झापाले एक सरल राजनीतिकर्मी र असल समाजसेवी गुमाएको कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राईको निधनले आफूलाइ अत्यन्त दुखित बनाएको बताएका छन्। बीपी कोइरालाका सहयात्री समेत रहेका राईले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको उनु भएको योगदान सदा स्मरणीय रहने देउवको भनाइ छ।

उनले राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।

‘बीपी कोइरालाका सहयात्री धनवर्ण राई ‘काका’ का सुपुत्र एवं मेरा मित्र तमर राईको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ’, देउवाले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .