ad ad

राजनीति


जब बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको ओछ्यानै गायब भयो...

जब बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको ओछ्यानै गायब भयो...

नेपालखबर
फागुन २६, २०७७ बुधबार १२:१३,

भारत बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) का प्रमुख लालु यादव र उनको सुरक्षामा खटिएका प्रहरीका लागि दिइएका सिरक, डसना र सिरानी नै गायब भएका छन्।

चारा घोटाला काण्डका दोषी यादव झारखण्डको राजधानी राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार गराइरहेका थिए, जहाँ उनको सुरक्षामा १० प्रहरी खटिएका थिए।

त्यस क्रममा अस्पताल (साइन्सेज)  ले उनलाई सिरक, डसना, सिरानी दिएको थियो। पछि थप उपचारका लागि अस्पतालले यादवलाई दिल्ली पठायो। त्यसपछि जब उनको सुरक्षामा रहेका सुरक्षाकर्मी फिर्ता भए तब ओढ्ने, ओछ्याउनेलगायत सबै सामान पनि गायब भए।

अस्पतालका प्रबन्धकले ती प्रहरीसँग ती सामान फिर्ता गर्न धेरैपटक अनुरोध गरे, तर दिएनन्। यसपछि अस्पतालको प्रशासनले राँचीका एसएसपीलाई सामान फिर्ताको अनुरोध गर्दै पत्र पठाएको छ।

एसएसपी सुरेन्द्रकुमार झाले जब यसको जानकारी पाए तब उनले ती सुरक्षाकर्मीसँग अस्पतालका सिरक, डसना, सिरानीलगायतका सामान २४ घण्टाभित्र फर्काउन अल्टिमेटम दिएका छन्। अन्यथा अनुशानसको कारबाही गरिने चेतावनी दिएका छन्। अमर उजालाबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .