ad ad

कारोबार


उदयपुरको गाइघाटमा एभरेष्ट बैंकको १०२औं शाखा सञ्चालन

उदयपुरको गाइघाटमा एभरेष्ट बैंकको १०२औं शाखा सञ्चालन

नेपालखबर
फागुन २६, २०७७ बुधबार १२:८,

एभरेष्ट बैंक लिमिटेडले उदयपुरकाे गाइघाटमा आफ्नो १०२ औं शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका नायव महाप्रबन्धक डा‍‍ सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाइघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक कुमारले गाईघाट क्षेत्रका बासिन्दालाई बैंकका शाखाले उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्। देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .