ad ad

राजनीति


पुनर्स्थापित एमालेमा ईश्वर पोखरेल महासचिव हुँदा बिष्णु पौडेल के हुने?

पुनर्स्थापित एमालेमा ईश्वर पोखरेल महासचिव हुँदा बिष्णु पौडेल के हुने?

नेपालखबर
फागुन २४, २०७७ सोमबार १२:२३,

सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्।

फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।

उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष निकालेका छन्।

त्यसो हुँदा ओलीतर्फ रहेका पूर्वमाओवादी मन्त्रीहरुले के निर्णय गर्छन्, त्यो प्रतीक्षाको विषय बनेको छ।

पूर्वएमालेहरु सबै एकठाउँमा हुँदा तत्कालीन पदाधिकारीहरु पनि सोहि हैसियतमा पुर्नस्थापित हुनेछन्।

जसमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उपाध्यक्षको रुपमा फर्किनेछन्। त्यतिबेला निर्वाचित हुने पाँच उपाध्यक्षमध्ये विद्यादेवी भण्डारी राष्ट्रपति बनेकी छन् भने वामदेव गौतम विभाजनका बेला कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा लागेका छन्। गौतम पनि उपाध्यक्ष हुनेछन्।

एमालेमा महासचिव निर्वाचित ईश्वर पोखरेल सोहि पदमा पर्खिनेछन् भने तत्कालीन उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिव रहनेछन्।

एमालेमा उपमहासचिव रहेका पौडेल पछि भने एकीकृत नेकपाकै महासचिव बनेका थिए। पोखरेल चाहिँ नेकपामा सचिवालय सदस्य मात्र रहेका थिए।

नयाँ परिस्थितिको सोझै कार्यान्वयन भएमा अब पोखरेल महासचिव र पौडेल उपमहासचिवमा फर्किनुपर्ने देखिन्छ।

एमाले पुनस्र्थापित हुँदा एकीकृत पार्टीमा महासचिव बनिसकेका पौडेललाई पनि महासचिव बनाइन्छ वा कसरी सम्बोधन गरिनेछ भन्ने कुरा धेरैको उत्सुकताको विषय बनेको छ।

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र भीम आचार्य सचिव निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .