ad ad

कारोबार


बढ्यो पाकिस्तानको ऋण, जनवरीसम्म ३ सय ६५ खर्ब नाघ्यो

बढ्यो पाकिस्तानको ऋण, जनवरीसम्म ३ सय ६५ खर्ब नाघ्यो

नेपालखबर
फागुन २४, २०७७ सोमबार १२:२२,

पाकिस्तान सरकारको ऋण ११ प्रतिशतले बढेको छ।

संघीय सरकारको कुल ऋण पछिल्लो समय बढेर गत जनवरी मसान्तसम्म तीन सय ६५ खर्ब ३७ अर्ब पाकिस्तानी रुपैयाँ पुगेको पाकिस्तानी अनलाइन डनले जनाएको छ।

गत वर्षको सोही अवधिमा तीन सय २९ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

गत शुक्रबार पाकिस्तानको केन्द्रीय बैंकले यससम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । त्यस्तै सरकारको आन्तरिक ऋण पनि बढेर दुई सय ४५ खर्ब रुपैयाँ पुगेको छ ।

यो सन् २०२०/२०२१ को पहिलो सात महिनाको आँँकडा हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ऋण दुई सय १७ खर्ब रुपैयाँ थियो । यो भनेको १२.४ प्रतिशतको वृद्धि हो । केन्द्र सरकारको बाह्य ऋण जनवरी अन्तसम्म एक सय २० खर्ब छ ।

अघिल्लो वर्ष यस्तो ऋण एक सय १२ खर्ब रुपैयाँ थियो । यो भनेको ७।४२ प्रतिशतले बढेको हो । ताजा तथ्यांकअनुसार दीर्घकालीन प्रकृतिको आन्तरिक ऋण १५.६३ प्रतिशतले बढेर एक सय ९३ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ऋण एक सय ६७ खर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .