नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन्।
सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतीघरमण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन्।
जुलुशमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए।
3
Shares
प्रतिक्रिया