संघीय प्रतिनिधि सभाको सातौँ अधिवेशन सुरु भएको छ।
सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
तर यही फागुन ११ गते त्यसविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि आज बैठक बोलाइएको हो।
त्यसअघि पुस १८ भित्र बोलाउनुपर्ने थियो। अपरान्ह ४ बजे बोलाइएको बैठक १ घण्टा १५ मिनट ढिला गरी सुरु भएको हो।
प्रतिक्रिया