ad ad

राजनीति


मसालले भन्यो : ओली, कांग्रेस, मधेशवादी दल र राप्रपाको गठबन्धन बन्न सक्छ

मसालले भन्यो : ओली, कांग्रेस, मधेशवादी दल र राप्रपाको गठबन्धन बन्न सक्छ

नेपालखबर
फागुन १९, २०७७ बुधबार १३:०,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संसद पुनर्स्थापनापछि केपी ओली नेतृत्वको नेकपा, नेपाली कांग्रेस, मधेशवादी दल र राप्रपासमेतको गठबन्धन बन्न सक्ने सम्भावना औँल्याएको छ।

भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिहरुले आफ्नो स्वार्थका लागि यी दलहरुको गठबन्धनको सरकार बनाउने सम्भावना रहेको मसालको ठहर छ।

नेकपा (मसाल) को यही फागुन १६ देखि १८ गतेसम्म बसेको बैठकले पारित गरेको प्रतिवेदनमा भनिएको छ, ‘संसदको पुनर्स्थापना भएपछि दुवै साम्राज्यवादी देशहरू, अमेरिका र भारतले त्यसलाई (संसदलाई) आफ्ना साम्राज्यवादी स्वार्थहरूको पूर्तिको लागि उपयोग गर्ने कुरा स्पष्ट छ। उनीहरूले आफ्ना स्वार्थअनुरूप सरकारको गठन गराउन पुरा शक्ति लगाउने छन्। ’ 

महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत र पारित २६ बुँदे राजनीतिक प्रतिवेदनमा अमेरिकाले नेपाललाई इन्डाेप्यासिफिक रणनीतिकाे अंग बनाउन चाहेकाे र एमसीसी पारित गराउन प्रयासरत रहेकाे भन्दै त्यसकाे लागि आफू अनुकुलकाे गठबन्धन बनाउन प्रयासरत रहेकाे बताइएकाे छ।

यस्तै, मसालले संसदमा बेग्लै प्रकारले समीकरणहरु बन्ने र बेग्लै प्रकारले सरकारहरुको गठन वा पुनर्गठन हुने सम्भावनाहरु रहेको बताएको छ।

प्रतिवेदनमा प्रचण्ड-माधव पक्षले पनि सत्तामा पुग्नको लागि अमेरिकी वा भारतीय साम्राज्यवादको समर्थन प्राप्त गर्न पहल गरेको औँल्याउँदै उनीहरूका त्यस प्रकारका कतिपय अभिव्यक्ति पनि सार्वजनिक हुने गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .