ad ad

राजनीति


सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता

सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता

नेपालखबर
फागुन १९, २०७७ बुधबार ९:५४,

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ।

बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आजै दोस्रो चरणको वार्ता हुन लागेको हो। अहिले अपरान्ह ४ बजेदेखि दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको विप्लव निकट स्रोतले जनायो।

‘पहिलो चरणको वार्ता सकारात्मक भएको छ, आजै ४ बजे दोस्रो चरणको वार्ता गर्ने भन्ने छ, सरकारले बोलाइसकेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो।

विप्लव समूहसँग तीन बुँदे सहमति नै भइसकेको बताइएपनि त्यसलाई सार्वजनिक गरिएको छैन।

‘वार्ता राम्रो भयो, बेलुकासम्म एउटा नतिजा आउने सम्भावना छ,’ विप्लव निकट स्रोतले दाबी गर्दै भन्यो।

बुधबार विहान भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापाले बताएका थिए।
थापाले पहिलो चरणको वार्तामा धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको बताएका छन्। उनले छिट्टै सुखद् परिणाम आउने बताएका छन्।

 ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक छ, केही विषयमा छलफल जारी छ। छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .