ad ad

कारोबार


जगदम्बा सिमेन्टद्वारा विज्ञहरुसँग छलफल

जगदम्बा सिमेन्टद्वारा विज्ञहरुसँग छलफल

नेपालखबर
फागुन १९, २०७७ बुधबार ९:४२,

जगदम्बा सिमेन्टले सिन्धुपाल्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

निर्माण एक्स्पर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुने कुरालाई मनन गर्दै जगदम्बाले सरोकारवालासँग अन्तरक्रिया गरेको जनाएको छ ।

हाम्रा संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माण सम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेल प्रष्ट पारे। 

यस्तै मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इन्जिनीयर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टाइमका आधारमा मात्र ओपीसी र पीपीसी सिमेन्टको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए।

स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेतालाई विभिन्न कार्यक्रमहरु जस्तै जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोग विधिबाट लाभान्वित गर्दै आएकोमा भावी दिनहरुमा यस्ता कार्यक्रमहरुको निरन्तरता दिने कम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले प्रतिबद्धता गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .