ad ad

राजनीति


भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे प्रचण्डले दिए यस्तो प्रस्टीकरण

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे प्रचण्डले दिए यस्तो प्रस्टीकरण

नेपालखबर
फागुन १९, २०७७ बुधबार ९:१७,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको र अब बोल्दा ध्यान पुर्याउने बताए।

‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ’, बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन।’

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्दै थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको छु।’

प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ’ भनेका थिए।

जुन भिडियो काटेर ‘कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .