नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन्।
उनले आज चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल-नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।
उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए।
प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’
उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।
फरक प्रसंगमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए। -रासस
यो पनि:
- कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन
- संसदीय दल नेताबाट ओलीलाई हटाउने तयारी, कांग्रेसले ल्याउँदैछ अविश्वास प्रस्ताव
प्रतिक्रिया