ad ad

राजनीति


खसोग्जी हत्यामा साउदी युवराज संलग्न भएको रिपोर्टपछि अमेरिकाले महत्वपूर्ण घोषणा गर्दै

खसोग्जी हत्यामा साउदी युवराज संलग्न भएको रिपोर्टपछि अमेरिकाले महत्वपूर्ण घोषणा गर्दै

नेपालखबर
फागुन १६, २०७७ आइतबार ६:१४,

साउदीका पत्रकार जमाल खसोग्जीको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमान संलग्न भएको अमेरिकी गुप्तचर निकायको रिपोर्टपछि अमेरिकाले साउदी अरबका धेरै जनामाथि भ्रमण प्रतिबन्ध लगाएको छ।

तर हत्यामा संलग्न भएको रिपोर्टबीच अमेरिकाले साउदी युवराज सलमानलाई भने प्रतिबन्ध लगाएको छैन।

यसबीचमा सोमबार अमेरिकाले साउदी अरबबारे कस्तो घोषणा गर्न लागेको छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

सलमानबारे कुनै टिप्पणी नगरेपछि बाइडेन प्रशासनको आलोचना पनि भइरहेको छ। वासिङटन पोस्टको सम्पादकीयमा अमेरिकाले सलमानमाथि कडाइ गर्नुपर्नेमा जोड दिइएको छ।

अमेरिकी पत्रकारहरुले बाइडेनलाई शनिबार राजकुमार सलमानलाई कारवाही गर्ने विषयमा प्रश्न गरेका थिए। जवाफमा उनले भनेका थिए,‘सोमबार साउदी अरबबारे महत्वपूर्ण घोषणा हुनेछ।’

साउदी अरबका पत्रकार जमाल खसोग्जीलाई सन् २०१८ अक्टोबर २ का दिन टर्कीस्थित साउदीको महावाणिज्य दूतावासमा हत्या गरिएको थियो।

खसोग्जीले प्रवासमा रहेर साउदी सरकारको आलोचना गर्दै आएका थिए। उनको हत्यामा साउदी सरकार नै संलग्न भएको आरोप लाग्दै आएको थियो। यसबीचमा अमेरिकी रिपोर्ट सार्वजनिक भएको हो।

युवराज सलमान साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

अमेरिकी घोषणाले साउदीसँगको सम्बन्धमा समेत असर गर्नसक्छ।

साउदी अरेबियाले शनिबार नै अमेरिकी रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य भएको बताएको थियो। बीबीसी

यो पनिः खसोग्जीको हत्यामा युवराज सलमान दोषी भएको रिपोर्टपछि साउदीको यस्तो प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .