ad ad

राजनीति


सर्वोच्चलाई प्रचण्डको जवाफ: भाषण र जुलुसबाट अदालतलाई प्रभाव पार्ने हाम्रो मनसाय हैन (पूर्णपाठ)

सर्वोच्चलाई प्रचण्डको जवाफ: भाषण र जुलुसबाट अदालतलाई प्रभाव पार्ने हाम्रो मनसाय हैन (पूर्णपाठ)

नेपालखबर
फागुन १६, २०७७ आइतबार ६:७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्।

उनले अदालतमा परेका मुद्दामा संविधानका धारा र प्रावधान हेरेर व्याख्या तथा फैसला गर्ने भएको हुँदा नेताहरुले गर्ने भाषण, जुलुस तथा प्रदर्शनबाट अदालत प्रभावित नहुने आफ्नो विश्वास रहेको समेत बताएका छन्।

आज आइतबार सर्वोच्च अदालत पुगी बुझाएको लिखित जवाफमा उनले सो धारणा व्यक्त गरेका हुन्।

Prachanda in SupremeCourt 1

गतमहिना विराटनगरमा आयोजित विरोध सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका छन्।

जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

अदालतको अवहेलनाकै मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश ९मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की०, र पूर्वसभामुख दमननाथ ढुंगानाले समेत सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन्।

प्रचण्डले अदालतमा बुझाएको लिखित जवाफको पूर्ण पाठ:

यो पनि: 
अवहेलना मुद्दा: सर्वोच्च अदालत पुगेर प्रचण्डले पेस गरे लिखित जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .