ad ad

राजनीति


अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न आज सर्वाेच्च अदालत जाँदै प्रचण्ड

अवहेलना मुद्दा : लिखित जवाफ पेस गर्न आज सर्वाेच्च अदालत जाँदै प्रचण्ड

नेपालखबर
फागुन १६, २०७७ आइतबार ५:१३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) सर्वोच्च अदालत जाँदै छन्।

आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालत जाने भएका हुन्।

गत माघमा विराटनगरमा आयोजित विरोध सभामा सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका छन्। 

जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्वप्रधानन्यायाधीश- मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वाेच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .