ad ad

राजनीति


रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेको’ भनेपछि कोमल वलीको गम्भीर आपत्ति

रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेको’ भनेपछि कोमल वलीको गम्भीर आपत्ति

नेपालखबर
फागुन १६, २०७७ आइतबार ४:४३,

नेकपाका नेता रघुजी पन्तले पिँडुला देखाएको भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद बनाएको भनेकामा राष्ट्रिय सभा सदस्य कोमल वलीले गम्भीर आपत्ति जनाएकी छन्।

उनले आफूविरुद्ध प्रयोग गरेका शब्दले महिलाको अपमान गरेको भन्दै गायिकासमेत रहेकी वलीले सामाजिक सञ्जालमार्फत विरोध गरेकी हुन्।

komalfb

एक कार्यक्रममा नेता पन्तले वर्षाैंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए।

पन्तले यस्तो बोलिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

जसमा स्वयं सांसद वलीसहित अन्य पनि धेरैले आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .