ad ad

समाज


आतंकवादी संगठनले भन्यो : अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राख्ने हामी हौं

आतंकवादी संगठनले भन्यो : अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राख्ने हामी हौं

नेपालखबर
फागुन १६, २०७७ आइतबार ३:५९,

भारतका ठूला उद्योगपति मुकेश अम्बानीको घरअगाडि हालै फेला परेका परिवारै मार्ने धम्की दिइएको पत्र र विस्फोटक पदार्थ आफूले राखेको आतंकवादी संगठन जैस उल हिन्दले बताएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार टेलिग्राफ एपको माध्यमार्फत उसले घटनाको जिम्मा लिएको हो।

यसअघि इजरायली दूतावासबाहिर भएको विस्फोटको जिम्मेवारी पनि सोही संगठनले लिएको थियो।

याे पनि : दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट: सीसीटीभी फुटेजबाट प्रहरीले फेला पार्‍याे ठूलो प्रमाण

अनुसन्धान एजेन्सीलाई चुनौती दिँदै आतंकवादी संगठन जैस उल हिन्दले भनेको छ : ‘रोक्न सक्छौ भने रोक, तिमीले केही गर्न सक्दैनौ। हामीले तिम्रो नाकैमुनि दिल्ली (इजरायली दूतावास) मा हमला गर्दा तिमीले केही गर्न सकेनौ।’

पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिइएको छ : ‘तिमीलाई थाहा छ कि तिमीले के गर्नुपर्छ। बस्, पैसा पठाइदेऊ, जुन तिमीले पहिले गरेका थियौ।’

याे पनि : 

मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए...

अम्बानीलाई ज्यान मार्ने धम्कीः पत्ता लाग्यो कार मालिक, अभियुक्त पक्राउ पर्न बाँकी

अम्बानीको कमाइ हरेक घण्टा ९० करोड !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .