ad ad

समाज


मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, युवती घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, युवती घाइते

नेपालखबर
फागुन १६, २०७७ आइतबार ३:३८,

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।

दुर्घटनामा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँकी २० वर्षीया रजनी गुरुङ घाइते भएकी छन्।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .