ad ad

समाज


जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति, एक डोजमात्रै लगाए हुने, साधारण फ्रिजमा पनि भण्डारण गर्न सकिने

जोन्सन एण्ड जोन्सनको खोपले अमेरिकामा पायो अनुमति, एक डोजमात्रै लगाए हुने, साधारण फ्रिजमा पनि भण्डारण गर्न सकिने

नेपालखबर
फागुन १६, २०७७ आइतबार ३:११,

अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको छ। जुन खोप साधारण फ्रिजमा राख्न सकिने र एक डोज लगाएपछि पुग्ने विज्ञहरुले बताएका छन्।

अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई अमेरिकामा स्वीकृति प्रदान गरिएको हो। जोन्सन एण्ड जोन्सनको खोपलाई अनुमति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ।

अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो खोप एकपटक मात्रै लगाए पुग्ने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिने विज्ञहरुले बताएका छन्।

फाइजर र मोर्डनको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ । कोरोनाविरुद्ध जोन्सन एण्ड जोन्सनले तयार गरेको खोपको मूल्यबारे भने सार्वजनिक गरिएको छैन। अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ। बेलायतलगायत देशहरुले यो खोप किन्नका लागि प्रक्रिया सुरु गरिसकेका छन्।

यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिने बताइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .