ad ad

राजनीति


सांसद किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

सांसद किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली

नेपालखबर
फागुन १५, २०७७ शनिबार १३:२६,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्।

‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं। हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मञ्जुर छ’, उनले भने, ‘हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर, कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन? कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन?’

मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए।

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफरिस भएको बताए। गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको पनि बताउ। तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .