ad ad

राजनीति


प्रचण्ड र वामदेवबीच आज बिहानै एक घण्टा छलफल

प्रचण्ड र वामदेवबीच आज बिहानै एक घण्टा छलफल

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ४:१६,

नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले आज (बिहीबार) बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि विभाजित नेकपाका कुनै समूहमा नलागी एकतामा जोड दिइरहेका नेता गौतम आज बिहान प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास (खुमलटार) पुगेका हुन्।

स्रोतका अनुसार आज बिहान ७ बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका हुन्।

नेता गौतमले हिजो (बुधबार) मात्र विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिन तथा उनी र प्रचण्ड दुवै अध्यक्षलाई धुम्बाराहीमा पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।

आज प्रचण्डसँगको भेटमा पनि गौतमले पार्टी एकतामै जोड दिएको स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .