ad ad

राजनीति


ओली समूहको स्थायी कमिटी बैठक स्थगित

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ३:४६,

आज (बिहीबार)का लागि बोलाइएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बैठक बस्ने तय भएको थियो।

राजनीतिक गतिविधि र नेताहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भएकोले आजको लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको नेता सुवास नेम्वाङले जानकारी दिए।

स्रोतका अनुसार आज मन्त्री परिषद् बैठक पनि बस्दैछ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि ओली पक्षले थप रणनीति बनाउन हिजो पनि स्थायी कमिटी बैठक राखेको थियो।

हिजोको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको थियो। बैठकले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णयसमेत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .