ad ad

राजनीति


सत्ता साझेदारीको चर्चाबीच कांग्रेसको पदाधिकारी बैठक बस्दै

सत्ता साझेदारीको चर्चाबीच कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ३:३७,

संसद् पुनर्स्थापनापछि सत्ता साझेदारीको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसले आज (बिहीबार) पदाधिकारी बैठक राख्दै छ।

सभापति शेरबहादुर देउवा निवास (बूढानीलकण्ठ) मा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिबारे छलफल गरिने नेताहरूले बताएका छन्।

नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देउव भेट्न बुधबार उनको निवासमै पुगेका थिए। 

त्यस क्रममा देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने हल्ला चले पनि प्रचण्ड र नेपालले त्यस्तो कुरा नगरिएको दाबी गरेका छन्।

याे पनि :  सांसदहरुसँग प्रचण्ड–नेपालको प्रस्टीकरण : देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .