ad ad

राजनीति


प्रधानमन्त्री ओली आउने भएपछि वेदकोटका मेयर चन्द धर्मसंकटमा

प्रधानमन्त्री ओली आउने भएपछि वेदकोटका मेयर चन्द धर्मसंकटमा

गोकुल जोशी
फागुन १०, २०७७ सोमबार २:५७,

दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) कञ्चनपुर आउने भएपछि वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द धर्मसंकटमा परेका छन्।

प्रतिनिधि सभा विघटनपछि दुई धारमा विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षमा उभिएका मेयर चन्द प्रधानमन्त्री ओलीको स्वागतमा जाने कि नजाने भन्ने दोधारमा परेका हुन्।

पार्टीले शिलान्यास कार्यक्रममा सहभागी नहुन भनेको र अर्कातर्फ नगरकै सबैभन्दा ठूलो विकास योजना शिलान्यासमा कसरी सहभागी नहुनु भन्ने संकट मेयर चन्दलाई आइलागेको हो।

प्रधानमन्त्रीको स्वागत तथा शिलान्यास कार्यक्रममा सहभागी हुने/नहुनेबारे अझै टुंगो लागिनसकेको मेयर चन्दले बताए।

‘पार्टीले कार्यक्रममा नजानु भनेको छ। पार्टीको निर्णयमा ठेस पुर्‍याउनु पनि भएन। तर एउटा जनप्रतिनिधिकोे हैसियतमा जान सकिन्छ,’  मेयर चन्दले नेपालखबरसँग भने, ‘अहिले नै जाने वा नजाने भन्ने टुंगो लागिसकेको छैन। त्यही बेला के हुन्छ हेरौँ !’

वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोलीसहित यता आउन लागेका छन्।

याे पनि :  मन्त्रीको टोलीसहित प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .