ad ad

राजनीति


ओली सर रातदिन यता र उता कुदेका कुदेई छन् : खगेन्द्र संग्रौला

ओली सर रातदिन यता र उता कुदेका कुदेई छन् : खगेन्द्र संग्रौला

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:०,

प्रतिगमनविरुद्ध खरो रूपमा प्रस्तुत भइरहेका लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि एकपटक कडा शब्द प्रहार गरेका छन्।

अहिले प्रधानमन्त्री ओली शिलान्यास र उद्घटन कार्यक्रममा दौडधूप गरिरहेको उल्लेख गर्दै साहित्यकार संग्रौलाले यसो गर्दा आफू ओजस्वी र तेजस्वी भइन्छ भन्ने भ्रममा प्रधानमन्त्री रहेको कटाक्ष गरेका हुन्।

‘प्रधानमन्त्री ओलीलाई लाग्दो हो– जति धेरै शिलान्यास र उद्घाटन गर्.यो आफू त्यति नै बढी ओजस्वी र तेजस्वी भइन्छ। त्यसैले होला, नबनाइने वस्तुहरूको शिलान्यास र थोत्रिएका वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन यता र उता कुदेका कुदेई छन्,’ व्यंग्य गर्दै संग्रौलाले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एहे हे ! चटककान्त अमर रहून् !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .