ad ad

राजनीति


इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ५:५९,

इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।

एक सातामै सरकारले दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि अनेरास्ववियूको रञ्जीत तामाङ समूहले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहीबार बिहान प्रदर्शन गरेको हो।

अनेरास्ववियूका नेता विजय गौतमले उपत्यकाका अस्कल, त्रिचनन्द्र, आरआर, शंकरदेव लगायत देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिएको जानकारी दिए।

अनेरास्ववियूले ग्यास सिलिन्डरसहित कालोपट्टी बाँधेर प्रदर्शन गरेको उनले जानकारी दिए। प्रदर्शनका क्रममा आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले टायर समेत बालेका थिए।

No description available.

उनले इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ गर्ने जानकारी दिए।

‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहीबार दिउँसो १ बजे आयल निगम घेराउ कार्यक्रम छ’, विद्यार्थी नेता गोतमले नेपालखबरसँग भने, ‘मूल्यवृद्धि फिर्ता नभए थप आन्दोलनका कार्यक्रम गर्नेगरी छलफल हुँदैछ।

उनले इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगमलाई ज्ञापनपत्र समेत बुझाउने जानकारी दिए।

आयल निगमले माघ २८ र फागुन ४ गते गरी दुईपटक इन्धनको मूल्य बढाएको थियो। २८ गते ग्यास सिलिन्डरमा २५ र पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ र फागुन ४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ। यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .