ad ad

राजनीति


एमिकस क्युरीका कार्कीले भनेः संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनुपर्ने अवस्थै छैन

एमिकस क्युरीका कार्कीले भनेः संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनुपर्ने अवस्थै छैन

उजिर कार्की
फागुन ४, २०७७ मंगलबार ७:८,

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माणकर्ताहरु नै संविधान संकटमा परेको भन्दै सडकमा आएका कारण श्रीमानहरु अलमलिनुपर्ने अवस्था नरहेको बताएका छन्।

एमिकस क्युरीमा रहेका अधिवक्ता कार्कीले मंगलबार संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने बताए।

‘श्रीमानहरु अलमलिनुपर्ने अवस्थै छैन’,उनले भने, ‘जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्।’

अधिवक्ता कार्कीले संविधान निर्माण गर्नेले नै संविधानमा संकट आयो भनेपछि ५ जना न्यायाधीशहरुलाई ठूलो र महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको बताए।

Badri Bahadur Karki.2e16d0ba.fill 650x500वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की

उनले कानुन सबैका लागि समान हुने भन्दै लोकतन्त्रमा नियम–कानुन मानेर मात्रै अगाडि बढ्नुपर्ने बताए।

यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको राय लिन सुरु भएको हो।

एमिकस क्युरीमा नेपाल बार एसोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसियसनबाट २ जना रहेका छन्।

नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल रहेका छन्। यस्तै सर्वोच्च अदालत बार एसोसियसनले पूर्णमान शाक्य र गीता पाठक संग्रौलालाई एमिकस क्युरीमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .