ad ad

राजनीति


केही समयभित्र संयुक्त आन्दोलन सुरु हुन्छ : प्रचण्ड

केही समयभित्र संयुक्त आन्दोलन सुरु हुन्छ : प्रचण्ड

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ४:५३,

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन्।

आज (मंगलबार) बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।

प्रचण्डले भने, ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनाव तोकेकी छन्।

तर यो कदम असंवैधानिक ठहर गर्दै सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्ष संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ भने कांग्रेस र जनता समाजवादी पार्टी पनि प्रतिनिसभा विघटनविरुद्ध आन्दोलनरत छन्।

अहिले एक्लाएक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ।

गत माघ २८ गते आफ्नो पार्टीले गरेको आम हडतालका बेला पनि प्रचण्डले ललितपुरमा फागुनको पहिलो साता संयुक्त आन्दोलन सुरु हुने विश्वास व्यक्त गरेका थिए।  

संविधान मिचेर घोषणा गरिएको चुनाव आफैंमा अवैधानिक हुने प्रचण्डको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .