ad ad

राजनीति


चुनाव हुँदैन, प्रस्ट भए हुन्छ : प्रचण्ड

चुनाव हुँदैन, प्रस्ट भए हुन्छ : प्रचण्ड

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ४:३३,

आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा घोषित चुनाव हुनै नसक्ने दाबी गरेका छन्।

चितवनमा आयोजित पत्रकार सम्मेनलनमा उनले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चुनाव हुँदैन भन्ने कुरामा प्रस्ट हुन आग्रह गरेका हुन्।

‘चुनाव हुँदैन, प्रस्ट भए हुन्छ,’ प्रचण्डले भने, ‘चुनाव गराउन यो प्रतिगमन गरिएकै होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिरहेका सभा पञ्चायतकालमा राजा/महाराजाले गरेका पञ्चर्‍याली भएको कुरा उनले दोहोर्‍याए। 

‘मैले त सुरुदेखि नै भनेको छु, उहाँ (ओली)ले जतिबेला प्रतिगनको बाटो पक्रिनुभयो, प्रतिक्रान्तिकाे बाटो पक्रिनुभयो, उहाँ हारिसक्नुभएको छ,’ उनले भने, ‘पहिला पहिला राजा/महाराजले जे गर्थे, उहाँले त्यही गरिरहनुभएको छ, त्यसको केही अर्थ छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .