जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देश र जनलाईलाई धोका दिएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी ओली शर्माको नेतृत्वमा सरकार गठन भएको ३ वर्ष पूरा भएको सन्दर्भमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यो अवधि ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्।
सरकारले हिजो सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको थियो।
‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो !’
उनले अगाडि भनेका छन्, ‘देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !’
प्रतिक्रिया