ad ad

छापा खबर


प्रचण्ड-नेपाल समूहको विरोधकाबीच निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

प्रचण्ड-नेपाल समूहको विरोधकाबीच निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

नेपालखबर
फागुन ४, २०७७ मंगलबार २:११,

सरकारले आउँदो वैशाख १७ र २७ गते तय गरेको निर्वाचनका लागि आचारसंहिता जारी गर्ने तयारी निर्वाचन आयोगले अघि बढाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७ मस्यौदाको विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने क्रम आइतबारदेखि शुरु गरिएको छ।

नेकपाको विवाद नटुंग्याउँदै आचारसंहिता जारी गर्न लागेकोमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आपत्ति व्यक्त गर्दै आएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

आयोगले भने आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुंगो लगाउने तयारी भइरहेको जनाएको छ । नेकपाको आधिकारिताको विवादले गर्दा आयोगले निर्वाचन प्रयोजनको लागि दल दर्ता कार्यक्रम अघि बढाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .