ad ad

राजनीति


तिलोत्तमाका मेयर र उपमेयरले छोडे प्रचण्ड-नेपालको साथ

तिलोत्तमाका मेयर र उपमेयरले छोडे प्रचण्ड-नेपालको साथ

नेपालखबर
फागुन २, २०७७ आइतबार १३:१०,

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी नेकपा ओली समूहतिर लागेका छन्।

नेकपा विभाजनपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय घिमिरे र चौधरीले सो समूह परित्याग गरी ओलीतिर खुलेका हुन्।

नेकपा नेता घनश्याम भुसालका निकट मानिने घिमिरे र चौधरीसँगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए ।

तिलोत्तमा नेता भुसालको गृहनगरसमेत हो।

नेकपाका महासचिव बिष्णु पौडेलले आइतबार फेसबुकमा आफूसँगै बसेका घिमिरे र चौधरीको फोटो पोष्ट गरी उनीहरु ओली समूहतिर रहेको पुष्टि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .