ad ad

राजनीति


पूर्व प्रधानमन्त्री खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु

पूर्व प्रधानमन्त्री खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १३:४६,

पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खनाल अस्पताल भर्ना भएको फोटो सामाजिक सञ्जालमा राख्दै उनको उपचार सुरु भएको जानकारी दिएका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता खनाल नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता दिल्ली प्रस्थान गरेका हुन्।खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

खनाल शरीर काँप्ने रोगबाट पीडित छन्। यसअघि अमेरिका र चीनमा उपचार गराएका खनालले चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण दिल्ली गएका पारिवारिक स्रोतले जनाएको छ।

याे पनि : उपचारका लागि दिल्ली उडे पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .