ad ad

राजनीति


कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित एक भारतीय पक्राउ

कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित एक भारतीय पक्राउ

गोकुल जोशी
माघ २७, २०७७ मंगलबार १२:३८,

कञ्चनपुरमा मंगलबार लागुऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६, सुतियाबाट भारतको पिलभितका ३२ वर्षीय सुच्चा सिंहलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

सिंहका साथबाट २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कमलकुमार खड्का नेतृत्वको टोलीले चेकजाँचका क्रममा सिंहको साथबाट लागुऔषध बरामद गरेको हो।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .