राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा हत्या, हिंसा र बलात्कारका घटना बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ।
तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना बढ्दै जाँदा यसले राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भिर प्रश्न उब्जिएको राप्रपाले जनाएको छ।
‘बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वर्षौंसम्म पनि हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको उही प्रकृतिको रहस्यमय हत्या हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नु रहस्यमय, दुःखद र निन्दनीय छ’ राप्रपा केन्द्रीय सचिवालयको तर्फबाट भास्कर भद्रा र ध्रुबबहादुर प्रधानले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्।
घटनाको सत्य तथ्य छानबिन गर्न, दोषी पहिचान गर्न र कडा भन्दा कडा कारबाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ।
प्रतिक्रिया