ad ad

राजनीति


ओलीले मार्क्सवादलाई अवसरवादका रुपमा बुझे : नेपाल

ओलीले मार्क्सवादलाई अवसरवादका रुपमा बुझे : नेपाल

नेपालखबर
माघ २५, २०७७ आइतबार ११:५२,

 प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन्।

आइतबार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन्।

ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धतासमेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रुपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ।

अध्यक्ष नेपालले आफुहरुको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए। संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ।

अध्यक्ष नेपालले आफुहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .