ad ad

राजनीति


माइतीघर मण्डलामा धर्ना गर्दै विघटित प्रतिनिधि सभाका नेकपा सांसदहरु

माइतीघर मण्डलामा धर्ना गर्दै विघटित प्रतिनिधि सभाका नेकपा सांसदहरु

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:६,

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरु आज बुधबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

सो धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराई लगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन्।

‘संसद विघटन गर्न पाईंदैन’ भन्नेलगायतका नारा लेखिएका पम्पलेट छातिमा टाँसेर उनीहरु त्यहाँ धर्नामा बसेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा राजनीतिकरुपमा विभाजित भई बनेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा अहिले विघटनविरुद्ध आन्दोलित छ।

आन्दोलनरत् नेकपाले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको हो।

यो पनि : 
प्रचण्ड–नेपाल पक्षले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् नयाँ कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .