ad ad

खेल


राष्ट्रिय महिला लिगमा चन्द्रपुर र विराटनगर भिड्दै

राष्ट्रिय महिला लिगमा चन्द्रपुर र विराटनगर भिड्दै

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:३,

राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर नगरपािलका मोरङबीच प्रतिस्पर्धा हुँदै छ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा दिउँसो २ बजे हुनेछ। लिगमा आज एक् खेल मात्र हुनेछ।

चन्द्रपुर दोस्रो जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ। २ खेलमा एकमा जित १ मा हार भोगेको चन्द्रपुरको ३ अंक छ।

यता विराटनगर भने पहिलो जितको खोजीमा छ। १ खेलमा बराबर र १ खेलमा हार भोगेको विराटनगर १ अंकमा तालिकाको छैटौँ स्थानमा छ।

लिगमा अपराजित रहेको सशस्त्र प्रहरीको एपीएफ ९ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ। ५ अंक भएको नेपाल पुलिस क्लब दोस्रो र त्रिभुवन आर्मी फुटबल क्लब ४ अंकमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .