ad ad

राजनीति


एकता नभए आगामी निर्वाचनमा दुवै नेकपालाई भोट नहाल्न भन्छौँ : हरि पराजुली

एकता नभए आगामी निर्वाचनमा दुवै नेकपालाई भोट नहाल्न भन्छौँ : हरि पराजुली

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:४४,

नेकपाका केन्द्रीय सदस्य एवं उपाध्यक्ष वामदेव गौतमले सुरु गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’का अभियान्ता हरि पराजुलीले विभाजित अवस्थामा पुगेको नेकपालाई मिलाउनलाई अन्तिम समयसम्म प्रयत्न गर्ने बताएका छन्।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै नेता पराजुलीले अभियानलाई वडासम्मै लैजाने बताए।

उनले वडा तहसम्म एकता अभियानलाई लैजाने र दुवै पार्टीलाई मिल्न दबाब दिने बताए।

‘हामीले एकता अभियानलाई केन्द्रदेखि वडासम्म लैजान्छौँ र दुवै पार्टीलाई तलैदेखि मिल्नका लागि दबाब दिन्छौँ’, उनले भने।

उनले नेकपा एकता नभए आफूहरुले दुवै नेकपालाई भोट नहाल्न जनतालाई आग्रह गर्ने बताए।

‘दवै समूह एक भएनन् भने फुटवादीलाई भोट नहाल्नुहाेस् भन्छौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .