ad ad

राजनीति


वामदेवको एकता अभियानमा त्रिविका पूर्व उपकुलपतिदेखि घुस्याहासम्म

वामदेवको एकता अभियानमा त्रिविका पूर्व उपकुलपतिदेखि घुस्याहासम्म

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:२९,

नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्न लागेका हुन्।

बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमी प्रदेशका प्रदेशसभा सदस्य विनोद खड्का सहभागी छन्।

त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा. हीराबहादुर महर्जन र केही समय अगाडि वामदेवको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएर पक्राउ परेका डीबी कार्कीसम्म सहभागी रहेका छन्। कार्की घुस प्रकरणमा  केही समय जेलसमेत बसेका व्यक्ति हुन्। उनी संविधान सभा सदस्य समेत हुन्।

कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रण गरिएको एक सहभागीले जनाकारी दिए। कार्यक्रम सुरु भएको केही समयसम्म दुवै अध्यक्ष पुगेका छैनन्।

उपाध्यक्ष गौतमले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै नेकपालाई फेरि एकजुट बनाउनका लागि पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेको बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .