ad ad

राजनीति


तानाशाह र प्रतिगामी शासकको अन्तिम बरबराहटजस्तै निर्लज्ज प्रस्तुत भयो ओली सरकारः रामचन्द्र पौडेल

तानाशाह र प्रतिगामी शासकको अन्तिम बरबराहटजस्तै निर्लज्ज प्रस्तुत भयो ओली सरकारः रामचन्द्र पौडेल

नेपालखबर
माघ १३, २०७७ मंगलबार ७:३५,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनविरुद्धको जारी नागरिक आन्दोलनमा आफ्नो साथ र समर्थन रहेको बताएका छन्।

उनले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन्।

‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ,’ पौडेलले मंगलबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो।’

यस्तो दमनले नागरिकलाई थप उर्जा प्रदान गर्ने बताउँदै पौडेलले अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने बताएका छन्। 

नागरिक आन्दोलनः कैयौं अभियन्ता घाइते, १२ जनाको बिभिन्न अस्पतालमा उपचार जारी

नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

अब तेस्रो जनआन्दोलन सुरु भयो : नारायण वाग्ले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .