अन्तरपार्टी महिला सञ्जालमा आबद्ध महिना नेतृहरुले विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
सोमबार सिंहदरबारस्थित सापकोटाकै कार्यकक्षमा भेटेर सञ्जालले ध्यानाकर्षण पत्र बुझाएको हो।
पत्रमा नेपालको संविधानमा प्रतिनिधि सभा विघटनसम्बन्धी प्रावधान नै नभएकोले पुस ५ मा सरकारले गरेको सभा विघटन अमान्य हुने उल्लेख छ।
संसद्को सातौँ अधिवेशनको पूर्वसन्ध्यामा संविधानले परिकल्पना नै नगरेको संविधानको धारा प्रयोग गरी विघटन गरिनु असंवैधानिक, अलोकतान्त्रिक र प्रचलित संसदीय अभ्यासको मूल्य मान्यता रहेको सञ्जालले जनाएको छ।
सञ्जालले उक्त विघटन अस्वीकार गरी बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएको सञ्जालकी अध्यक्ष सावित्रा भुसालले बताइन्।
प्रतिक्रिया