ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षले अघि बढायो ओलीलाई कारबाही प्रक्रिया, मागियो स्पष्टीकरण (पत्रसहित)

प्रचण्ड–नेपाल पक्षले अघि बढायो ओलीलाई कारबाही प्रक्रिया, मागियो स्पष्टीकरण (पत्रसहित)

नेपालखबर
माघ ५, २०७७ सोमबार ११:१६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीमा कारबाही प्रक्रिया अघि बढाएकाे छ।

पार्टी विधानविपरित काम गरेको हुँदा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र नेताहरुले सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएका छन्।

नेकपा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो पत्र बुझाएका हुन्।

Nekapa leaders in baluwatar letter

माघ २ गते बसेको स्थायी कमिटीको निर्णयअनुसार दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटार बुझाइएको पाण्डेले नेपालखबरसँग भने।

‘तीन दिने म्यादसहितको सो स्पष्टीकरण पत्र एक पृष्ठको छ, जसमा दुवै अध्यक्षको हस्ताक्षर रहेको छ र त्यसमा पार्टी विधानको सम्बन्धित प्रावधान उल्लेख गरेर तपाईलाई पार्टी सदस्यबाट कारबाही किन नगर्ने भन्ने व्यहोराको पत्र बुझाइएको छ,’ उनले भने।

oli spastikaran letter

पाण्डेका अनुसार उनीहरु बालुवाटारको गेट नम्बर तीनमा पुगेर दर्ता गर्न खोज्दा त्यहाँ खटिएका प्रहरीले यस्तो दर्ता हामीले गर्न मिल्दैन भित्र प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरिएको थियो।

‘सचिवालयबाट यता पठाउनुस् हामी दर्ता गर्छौं भनेपछि हामीले सोहिअनुसार सचिवालयमा पठाउने व्यवस्था गरेर फर्क्याैं,’ पाण्डेले भने।

Nekapa leaders Baluwatar

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .