ad ad

राजनीति


डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई दाँजे ट्रम्पसँग

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई दाँजे ट्रम्पसँग

नेपालखबर
माघ १, २०७७ बिहिबार १५:५७,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्।

अमेरिकाको संसदमा समर्थकद्वारा हमला गराएको आरोप लागेका ट्रम्पविरुद्ध बुधबार त्यहाँको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको छ। 

याे पनि : यही जनवरी २० देखि राष्ट्रपतिबाट स्वतः हट्ने ट्रम्पविरुद्ध महाभियोग किन?

यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले अमेरिकाबाट नेपालले सिक्ला भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।

उनले ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको समाचारसहित ट्विटरमा अंग्रेजीमा लेखेका छन्, ‘नेपालले अमेरिकाबाट सिक्ला? ओलीले प्रतिनिधि सभामा आक्रमण गर्दै संघीय गणतन्त्र, लोकतन्त्र र संविधानको जग तोडेर अझ ठूलो अपराध गरेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .